गृहपृष्ठ Featured कपिलवस्तु कांग्रेस जिल्ला सचिवमा खनालको उम्मेद्वारी घोषणा

कपिलवस्तु कांग्रेस जिल्ला सचिवमा खनालको उम्मेद्वारी घोषणा

कपिलवस्तु : नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला सचिवमा पदम प्रसाद खनालले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली कांग्रेसमा लामो समय सम्म राजनीतिमा आफ्नो छवि बनाएका खनालले उम्मेदवारी घोषणा गरेका  हुन् ।
रातो प्रेस मिडिया मार्फत आफू विजयी हुनुपर्ने आधार प्रस्तुत गर्दै मतको लागि अपिल समेत गरेका छन । पार्टीभित्र सहमति, सहकार्य र एकता गरी पार्टीलाई एक ढिक्का बनाउँदै सङ्गठन निर्माण नै मुख्य प्राथमिकता रहेको खनालको भनाई रहेको छ ।

आगामी स्थानीय तहको निर्वाचनमा वडादेखी जिल्लासम्म पार्टीको जित सुनिश्चितका लागि आफ्नो महत्त्वपूर्ण योगदान रहने बताए । अब हामी एउटै लक्ष्य लिएर जानु पर्छ जिल्लामा कांग्रेसमय बनाउन मिलेर जानुपर्ने बताए । आफुलाइ जिताउन जिल्लाको सबै क्षेत्रिय प्रतिनिधिहरुको हातमा रहेकोले यो जितलाई सुनिश्चित गर्न अपिल गरेका छन ।

सम्बन्धित् समाचार