गृहपृष्ठ Featured नक्कली नोट र नोट छाप्ने मेसिनसहित ५ जना पक्राउ

नक्कली नोट र नोट छाप्ने मेसिनसहित ५ जना पक्राउ

काठमाडौं : प्रहरीले नक्कली नोट र नोट छाप्ने मेसिनसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना एकै परीवारका रहेका छन् भने अन्य २ जना अन्य परीवारका रहेका छन् ।

प्रहरीका अनुसार सुरुमा नक्कली नोट फेला परेको थियो । त्यसपछि अनुशन्धान गर्दै जाँदा उनीहरुको नक्कली नोट छाप्ने स्थान नै फेला परेको हो ।

सुरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ८ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर ६ नारायणटार बस्दै आएकी ५६ वर्षीया गोमा श्रेष्ठबाट नक्कली नोट फेला परेको थियो ।

उनीबाट नक्कली नोट फेला परेपछि सोधपुछ गरिएको थियो । सोधपुछको क्रममा उनले उक्त नोत आफ्नो छोरी पुष्पाले दिएको वयान गरेकी थिइन् । त्यसपछि सोधखोज गर्दै जाँदा उनको घरमा ४१ वर्षीया छोरी पुष्पा थापामगर र पुष्पाकी २६ वर्षीया छोरा सोमरोज थापामगर नक्कली नोट छपाउने कार्यमा संलग्न भएको पाइएको थियो ।

त्यस्तै उनीहरुसँगै नोट छपाउने काममा संलग्न भएको आरोपमा पक्राउ पर्ने अन्य २ जनाहरुमा सिन्धुपाल्चोकको हेलम्बु९२ स्थायी घर भई बुढानिलकण्ठ(१० मिलनचोक बस्ने २३ वर्षीय चीरञ्जीवी जोती र १९ वर्षीय सुजन जोती रहेका छन् । उनीहरु पनि गोमाकै आफन्त भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले पक्राउ परेकाहरुबाट एक हजार दरका ३६ वटा नक्कली नोट, एक साइडमात्र प्रिन्ट गरिएको अवस्थाका एक हजार दरका २ सय ८ वटा नोट, एक साइडमात्र प्रिन्ट गरिएको पाँच सय दरका एक सय १२ वटा नोट बरामद भएको जनाएको छ ।

त्यस्तैगरी उनीहरुको घरबाट एक सय दरका ८ वटा सक्कली नोट, ५० सय दरका २१ हजार रुपैयाँ बराबरको सक्कली नोट, २० दरका १० हजार ६ सय रुपैयाँ बराबरको सक्कली नोट, १० दरका ५ हजार २ सय रुपैयाँ बराबरको सक्कली नोट र ५ रुपैयाँ दरका २ सय ८५ रुपैयाँ बराबरोको सक्कली नोट पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार