गृहपृष्ठ Featured थप २७२ जनामा कोरोना संक्रमण पुष्टि : २६० संक्रमणमुक्त

थप २७२ जनामा कोरोना संक्रमण पुष्टि : २६० संक्रमणमुक्त

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा २७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ७ हजार ६६३ पीसीआर परीक्षणमा २७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १८ हजार ३०७ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा ३ हजार २८८ परीक्षण हुँदा २७ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार १५१ परीक्षण हुँदा २९९ मा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा २६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९९ हजार १७६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ । २४ घण्टामा ७१ हजार ८९२ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित् समाचार