गृहपृष्ठ Featured रोल्पामा बस दुर्घटना : ४ जनाको मृत्यु, ६ गम्भिर घाइते

रोल्पामा बस दुर्घटना : ४ जनाको मृत्यु, ६ गम्भिर घाइते

रोल्पा : माडी गाउँपालिका २ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् ।
दाङको घोराहीबाट रोल्पा थबाङ तर्फ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटना हुँदा ३ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । मृतको पहिचान हुन सकेको छैन ।
दुर्घटनामा परेर घाइते भएका ६ जनालाई घर्तीगाउँमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

बस शहिद मार्ग देखि १०० मिटर तल खसेको छ । भने घटनाको बारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित् समाचार