गृहपृष्ठ Featured आज देखिँदै ६ सय वर्षयताकै लामो चन्द्रग्रहण, त्यसपछि पाँच सय वर्षपछि मात्र लाग्ने

आज देखिँदै ६ सय वर्षयताकै लामो चन्द्रग्रहण, त्यसपछि पाँच सय वर्षपछि मात्र लाग्ने

चन्द्रग्रहण वा सूर्यग्रहण दुवैलाई लिएर आम मान्छेमा कौतुहलता सधैँ रहने गर्छ । किनकि, यसकाे धार्मिक र वैज्ञानिक अर्थ र महत्त्व हुन्छ । यस्तै काैतुहलतामाझ आज करिब ६ सय वर्षपछि लामाे अवधिकाे चन्द्रग्रहण लाग्दै छ, जुन यो वर्षको अन्तिम चन्द्रग्रहण पनि हुने छ ।

नासाका अनुसार यो आंशिक चन्द्रग्रहण हुने छ । आज देखिने चन्द्र र धरतीबीचको दूरीका कारण यो ग्रहण लामो अवधिसम्म रहने छ । यो आंशिक चन्द्रग्रहणको अवधि तीन घण्टा २८ मिनेट २४ सेकेन्डको हुने नासाले जनाएकाे छ । चन्द्र ग्रहण एक हल्का रेखाको रूपमा देखिन सक्छ ।

यसअघि यति लामो चन्द्रग्रहण १८ फेब्रुअरी १४४० मा लागेको थियो । यसको अर्थ, यति लामो अवधिको यो आंशिक चन्द्रग्रहण ५ सय ८० वर्षपछि देखिन लागेको हो । यस्तै लामो अवधिको चन्द्रग्रहण अब ८ फेब्रुअरी २६६९ मा मात्रै देख्न पाइने छ । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ ।

यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रबाट देखिनेछ ।

चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहनेछ ।

सम्बन्धित् समाचार