नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका पार्टी कार्यसमितिको सभापति पदमा प्रशान्त विष्ट निर्वाचित भएका छन्।
सभापति शेरबहादुर देउवानिकट विष्ट तेस्रोपटक सभापति बनेका हुन्।
विष्टले उपमहानगरकी उपमेयरसमेत रहेकी नेता उमा थापा मगर र अर्का नेता विनोद रिजाललाई हराएका छन्।
विष्टले दुई सय ४३ मत ल्याएर निर्वाचित भए भने उमाले ७० र विनोदले ४१ मत ल्याएका थिए। यहाँ ३८२ मतमध्ये ३७७ मत खसेको थियो।








