गृहपृष्ठ Featured रुपन्देहीमा एक महिलाको शव सडक छेउमा फेला : श्रीमानबाटै हत्याको आशंका

रुपन्देहीमा एक महिलाको शव सडक छेउमा फेला : श्रीमानबाटै हत्याको आशंका

बुटवल : रुपन्देहीको प्रगतिनगर निवासी एक महिलाको शव विहिवार सडक छेउमा फेला परेको छ । जिल्लाको देवदह नगरपालिका–११ सदवनियास्थित सडक छेउमा सोही नगरपालिका–१२ प्रगतिनगरकी २५ वर्षीया दिलमाया श्रेष्ठ मगरको शव फेला परेको हो ।

रुपन्देहीका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार बुधबार देखि घरबाट बेपत्ता दिलमायाको शव उक्त सडक छेउमा फेला परे पछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनका श्रीमान ३० वर्षीय हिमाल श्रेष्ठले नै हत्या गरेको आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

निजलाई शुक्रबार अदालतमा पेश गरि म्याद थप गरेर अनुसन्धान थाल्दैछ । मृतकका एक छोरा रहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित् समाचार