गृहपृष्ठ Featured कांग्रेस प्रदेश क्षेत्रीय अधिवेशन: कपिलवस्तुको कुन क्षेत्रमा को को चुनाव लडदैँ ?

कांग्रेस प्रदेश क्षेत्रीय अधिवेशन: कपिलवस्तुको कुन क्षेत्रमा को को चुनाव लडदैँ ?

नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत भएको अधिवेशनमा प्यानल बनाएर उम्मेदवारी दर्ता भएको छ । आज शुक्रबार उम्मेदवारी मनोनयन गर्ने कार्यक्रमअनुसार जिल्लाका छवटा प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन हुने संकेत देखिएको छ । सबै क्षेत्रमा दुई खेमाको प्यानल बनाएर उम्मेदवारी दर्ता भएको छ । केन्द्रमा जस्तै सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल खेमा प्यानल खडा गरी निर्वाचनमा होमिएका छन् ।

 

कपिलवस्तु निर्वाचन क्षेत्र नं.- १ (क)मा दुर्गा केसी र मंगलप्रसाद थारूले क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गराएका थारू बाणगंगा नगरपालिकाका नगर प्रमुखसमेत हुन् ।

देउवा पक्षधर केसीको प्यानलबाट उपसभापतिमा कृष्णप्रसाद पोख्रेल र सत्यनारायण चौधरी, सचिवमा विष्णु मल्ल र शम्भुप्रसाद चौधरी, सहसचिवमा दीपक कुँवर र रामविहारी चौधरीले उम्मेदवारी दिएका छन् ।

यसैगरी थारूको प्यानलमा उपसभापतिमा कृष्णबहादुर कार्की र कृष्णमुरारी ज्ञवाली, सचिवमा दलबहादुर थापा र रामवली चौधरी सहसचिवमा अब्दुल हक फकिर र खिमानन्द घिमिरेको उम्मेदवारी दर्ता भएको छ ।

यसै गरी क्षेत्र नं.- १ (ख)मा ओलीउद्दीन मुसलमान र परमेश्वर पाठकले सभापति पदमा उम्मेदवारी दिएका छन् । मुसलमान कांग्रेस केन्द्रीय सदस्य अतहर कमाल र पाठक कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्याय निकट मानिन्छन् । दुवै नेता देउवा खेमाका नेता हुन् ।

यसै गरी जिल्लाको निर्वाचन क्षेत्र नं.- २ (क) क्षेत्रीय सभापतिमा रामप्यारे यादव र रावेन्द्रप्रताप सिंहको उम्मेदवारी परेको निर्वाचन मण्डलका सदस्य कुलानन्द भुसालले बताएका छन् । देउवा पक्षीय यादवको प्यानलमा उपसभापतिमा छेदी कुर्मी, सचिवमा विजयप्रताप गुप्ता र ज्ञानहरि भट्टराई, सहसचिव पदमा हरिलाल अधिकारीको उम्मेदवारी परेको छ ।

यो निर्वाचन क्षेत्र पूर्व जिल्ला अध्यक्ष सुरेन्द्रराज आचार्य (पौडेल खेमा)को क्षेत्र भएको हुँदा पौडेल खेमाको प्रभाव भएको क्षेत्रसमेत मानिन्छ । पौडेल खेमाका सिंहको प्यानलमा उपसभापति पदमा बलबहादुर सेन ओली र मंगनीराम चौधरी, सचिव पदमा पवन थारू र सुशीलकुमार चौधरी, सहसचिवमा मोतीबहादुर थापा र बससाती अहिरले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं.- २ (ख)मा प्रकाश गैरे, गंगाबहादुर विष्ट र ग्रिजेशकुमार पाण्डेको उम्मेदवारी दर्ता भएको छ । गैरे कपिलवस्तु नगरपालिका वडा नं.- ३ का अध्यक्ष र पाण्डे यशोधरा गाउँपालिकाका अध्यक्ष हुन् । देउवा खेमाका पाण्डेको प्यानलबाट उपसभापतिमा रौफ मोहम्मद मुसलमान र दीपक यादव, सचिवमा राजकुमार अहिर र राजेश कुर्मी, सहसचिव पदमा सत्यनारायण कलवार र शौकीलाल बढईको उम्मेदवारी परेको छ ।

यसैगरी गैरे प्यानलतर्फ उपसभापति पदमा वासुदेव प्रकाश कान्दु र अब्दुल समिम मुसलमान, सचिवमा शोभा भट्टराई र विश्वनाथकुमार श्रीवास्तव, सहसचिवमा श्रीराम लोनिया र निशार खाँको उम्मेदवारी परेको छ ।

निर्वाचन क्षेत्र नं.- ३ (क)को सभापतिमा गोविन्दकुमार क्षेत्री र देवलाल भारतीको उम्मेदवारी परेको छ । उपसभापति पदमा रामदेव चौधरी र दु:खहरणप्रसाद यादव, सचिव पदमा मूलचन्द्र यादव र शिवशंकर चौहान, सहसचिव पदमा दिनेश खनालको एकल उम्मेदवारी परेको छ । सभापतिमा समेत सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ । यसैगरी क्षेत्र नं.- ३(ख)मा मुक्तेश्वर मिश्र र विनय गिरीले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । दुवै नेता वीरेन्द्रकुमार कनोडिया निकट मानिन्छन् । लुम्बिनी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कनोडिया संस्थापन पक्षका नेता हुन् ।

सम्बन्धित् समाचार