काठमाडौं स् कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सत्ता गठबन्धन एमसीसीका विषयमा सकारात्मक भएको दाबी गरेका छन्। कुनै देशलाई अनुदान दिने कुरामा प्रश्न अगाडि सारेर अल्मल्याउनु नहुने उनको तर्क छ।
‘अमेरिकाले पहिलो पटक नेपाललाई अनुदान दिन लागेको हो। कुनै देशलाई अनुदान दिने कुरामा दसवटा प्रश्न अगाडि सारेर अल्मल्याउनु हुँदैन। समान मापदण्डका आधारमा विदेश नीतिलाई परिमार्जन गरिनुपर्छ।’उनले भने, ‘गठबन्धन दललगायत एमालेमा पनि एमसीसीका विषयमा सकारात्मक छन्। जनतामा नकारात्मक भ्रम फैलाउन भएन।’
महतले विदेशी सहयोग लिने पनि समान मापदण्ड हुनुपर्ने धारणा राखेका छन्।
एमसीसी परियोजनाबाट नेपालको प्राथमिकतामा रहेको ट्रान्समिसन लाइन र सडक बन्न लागेको उनले बताए। उनले भने, ‘त्यसको सञ्चालन अर्थ मन्त्रालयको सचिवको नेतृत्वको संयन्त्रले गर्छ।’








