गृहपृष्ठ Featured आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई गलत कार्य नगर्न नेपालको निर्देशन

आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई गलत कार्य नगर्न नेपालको निर्देशन

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएका छन्।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको हुन्। साथै गलत काम गरे कारबाही गर्ने उनले चेतावनी समेत दिएका छन्।

आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने समेत उनले बताए। नेपालले नेकपा एमालेमा सच्चा कम्यनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको समेत बताए। -रासस

सम्बन्धित् समाचार