काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् । चितवनमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार रहेको जानकारी दिन रावलले पत्रकार सम्मेलन गर्दैछन् ।
‘सहमति नजुटेपछि अध्यक्ष पदको तयारी भएको छ । पत्रकार सम्मेलनबाट त्यसको जानकारी दिनुहुन्छ’, रावल निकट नेता झपट रावलले भने । उपाध्यक्ष रावल १० बुँदे सहमति मार्फत् एमालेमै बसेका हुन् ।
तर १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओली नै तयार नभएको भन्दै रावलले असन्तुष्टि जनाउँदै आएका छन् । सूदुरपश्चिम प्रदेशमा रावलले समानान्तर गतिविधि समेत चलाइरहेका छन् ।