गृहपृष्ठ Featured कांग्रेस जिल्ला उप-सभापतिमा आचार्यको उम्मेद्वारी घोषणा

कांग्रेस जिल्ला उप-सभापतिमा आचार्यको उम्मेद्वारी घोषणा

वैखरी अनलाईन : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेश अन्तर्गत जिल्ला उपसभापतिमा रजतराज आचार्यले उम्मेद्वारी घोषणा गरेका छन् । पार्टीमा लामो समयदेखि संक्रिय राजनिति गर्दै आएको भन्दै उनले उम्मेद्वारी घोषणा गरेका हुन् । जिल्लामा पार्टीलाई थप स्थापित गराउन आफ्नो महत्वपूर्ण भूमिका रहने भन्दै उनले पार्टीलाई आमामी निर्वाचनमा चुनाव जिताउन पनि आफु सक्षम रहेको दाबी गरे ।

आफ्नो उम्मेद्वारीलाई सफल बनाउन सबैको साथ मिल्ने विश्वास व्यक्त गर्दै उनले पार्टीलाई थप बजबुत बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए ।

उनले सम्पुर्ण क्षेत्रीय प्रतिनिधि, वडा तथा नगर सभापति पार्टीका अगुवा तथा जिम्मेवार प्रतिनिधिलाई सहयोगको अपिल समेत गरेका छन् ।

सम्बन्धित् समाचार