गृहपृष्ठ Featured विप्लव नेतृत्वको नेकपाद्धारा कपिलवस्तुमा मोटरसाईकल ¥याली

विप्लव नेतृत्वको नेकपाद्धारा कपिलवस्तुमा मोटरसाईकल ¥याली

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज कपिलवस्तुमा मोटरसाईकल ¥याली गरेको छ । पार्टीको ८ औ पुनर्गठन दिवसको अवसरमा मोटरसाईकल ¥याली गरिएको हो । कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट सुरु भएको मोटरसाईकल ¥याली पकडी, गोरुसिङ्गे, कष्णनगर लगायत जिल्लाका विभिन्न ठाउँमा परिक्रममा गरि बाणगंगाको चारनम्बरमा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभा कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले एमसीसीको चर्को विरोध गरेका थिए । राष्ट्र विरोधी सम्झौता रहेको भन्दै उनीहरुले उक्त सम्झौता फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

जनमत संग्रहको माग गर्दै उनीहरुले अहिलेका नेताहरु गरिब दुःखीको साहार बन्नुको साटो जनताको भावना विरुद्ध कार्य गर्दै गएको दाबी गरेका छन् ।

सम्बन्धित् समाचार