गृहपृष्ठ Featured केशव कुमार श्रेष्ठ क्षेत्र नं. २ मा सभापतिको उम्मेद्वार

केशव कुमार श्रेष्ठ क्षेत्र नं. २ मा सभापतिको उम्मेद्वार

प्रकाशित मिति:

नेपाली कांग्रेसको आसन्न १४ औं राष्ट्रिय महाधिवेशन अन्तरगत कपिलवस्तुको क्षेत्र नं.२ मा केशव कुमार श्रेष्ठले उम्मेद्वारी दिनुहुने भएको छ । मुलुक संघीयतामा गए पश्चात क्षेत्र नं. २ को नेतृत्व गर्नुभएका श्रेष्ठ निर्वाचन मार्फत पुनः क्षेत्रिय सभापति बन्न उम्मेद्वारी दिनुभएको हो ।

पार्टीको १३ औं राष्ट्रिय महाधिवेशनमा तत्कालिन क्षेत्र नं. १ को क्षेत्रिय सचिव रहनुभएका उहाँ अहिलेको संरचना अन्तरगत प्रतिनिधिसभा २ को क्षेत्रिय सभापति बन्न थाल्नुभएको छ ।

महाधिवेशन अन्तरगत सोमबार उम्मेद्वारी दर्ताको समय छ । मंगलबार निर्वाचन मार्फत कांग्रेस कपिलवस्तुले ३ वटै निर्वाचन क्षेत्रको चुनाव गर्दै छ ।

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख रहनुभएका श्रेष्ठको चर्चा जिल्ला सभापतिका लागि पनि थियो । यद्यपि उहाँले जिल्ला सभापतिमा उठ्ने घोषणा भने गरिसक्नुभएको थियो । जिल्लाका कांग्रेस कार्यकर्ताले उहाँलाई जिल्ला सभापतिमा उठ्न दबाब दिदैं आएका थिए ।

सम्बन्धित् समाचार