वैखरी अनलाईन : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत कपिलबस्तु प्रतिनिधि सभा क्षेत्र नं.२ को सभापतिमा बीरेन्द्र प्रसाद मिश्रले उम्मेद्वारी घोषणा गरेका छन् । अघिल्ला महाधिवेशनहरुमा तथा वर्तमान जिल्ला सभापति लगायत अहिले पनि आकांक्षी रहेका पुर्व जिल्ला सभापतिहरुलाई आफुले पटक पटक सहयोग गरेको भन्दै उनले यसपटक आफुलाई सहयोग आग्रह गरेका छन् । उनले पार्टिका सम्पुर्ण अग्रज नेताहरु, शुभचिन्तक, कार्यकर्ता तथा भातृ संगठनका युवा नेताहरुसंग सुझाव, सल्लाह लिएको बताए । उनले पार्टीलाई थप बजबुत बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बैखरी अनलाईनलाई बताए ।
कांग्रेसलाई गुटबन्दी रहित स्वच्छ, सबल र एकढिक्का बनाई विपीको सिद्धान्तमा आधारित एक बलियो पार्टीको रुपमा स्थापित गर्न आफु चुनावी मैदानमा उत्रिएको उनको दाबी छ । सबै नेता तथा कार्यकर्ताहरुले आफुलाई सहयोग गर्नुपर्ने कुरामा जोड दिदै एक व्यक्ति एक पदको धारणालाई पनि अगाडि सार्नुपर्ने उनले बताए । हाल जनप्रतिनिधिको रुपमा रहेका साथीहरुको कार्यव्यस्तता रहने साथै पार्टिको संगठन मजबुत गर्नपनि अन्य साथीहरुलाई संगठनका मुख्य पदहरुमा जिम्मेवारी दिनुपर्नेमा बताए ।
मिश्रको राजनितिक यात्रा
विगत ४ दशक भन्दा बढी समयबाट विधार्थी राजनिति हुंदै सक्रिय राजनितिमा लागेका मिश्र हालसम्म पनि अनवरत रुपमा राजनितिमा सक्रिय छन् । पार्टिको इकाइ सचिव, तरुण दलको जिल्ला सचिव, पार्टिको क्षेत्रिय समिति सदस्य हुदै वडा स्तरबाट क्षेत्र र जिल्ला सम्मको नेपाली कांग्रेस पार्टीको संगठन विस्तारमा लागेका मिश्र २०५४ सालको स्थानिय तहको निर्वाचनमा ३० वर्षको युवा अवस्थामा नै तत्कालिन महेन्द्रकोट गा।वि।स।को अध्यक्षमा निर्वाचित भई कपिलवस्तु जिल्लाको गा।वि।स। महासंघको जिल्ला अध्यक्ष समेत भएर काम गरे ।








