बुटवल : तानसेन–तम्घास सडकखण्ड बुधबारदेखि दैनिक ११ घण्टा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय पाल्पाले जारी गरेको सूचनाअनुसार तानसेन–रिडी–तम्घास सडकखण्डको पाल्पा जोर्ते भीर आसपास क्षेत्रमा बाटो चौडा गर्ने काम भइरहेकाले आगामी २२ गते बुधबारसम्म सडक बन्द हुनेछ।
कार्यालय प्रमुख रामेश्वर लम्सालले उक्त सडक दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जानकारी दिए।
एम्बुलेन्स, सुरक्षा निकाय र अत्यावश्यक बाहेकका अन्य सवारीसाधनलाई रोक लगाइएको लम्सालले बताए।








