गृहपृष्ठ Featured सेक्स टेप सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा बेन्जिमा दोषी ठहर

सेक्स टेप सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा बेन्जिमा दोषी ठहर

प्रकाशित मिति:

काठमाडौं : सेक्स टेप सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा फ्रान्स तथा रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमा दोषी ठहर भएका छन् ।

उनलाई एक वर्ष निलम्बित जेल र ७५ हजार युरो जरिवानाको सजाय सुनाइएको बीबीसीले जनाएको छ । म्याथ्यू भाल्बुएना लगायतका खेलाडीलाई ब्लाकमेल गरेको आरोपमा बेन्जिमासहित पाँच जनामाथि मुद्दा चलाइएको थियो ।

यो २०१५ जुनको घटना हो, जतिबेला बेन्जिमा र म्याथ्यू दुबै फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षणमा थिए । बेन्जिमाले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

त्यो घटनापछि फ्रान्सको राष्ट्रिय टोलीबाट समेत बाहिर भएका बेन्जिमाले हालै मात्र पुनरागमन गरेका थिए ।

सम्बन्धित् समाचार