गृहपृष्ठ Featured दाङमा दुई पूर्वजिल्ला सभापति केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित

दाङमा दुई पूर्वजिल्ला सभापति केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित

प्रकाशित मिति:

दाङ : नेपाली कांग्रेसका दुई जना पूर्वजिल्ला सभापतिहरू केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङको क्षेत्र नम्बर २ बाट घनश्याम रेग्मी र क्षेत्र नम्बर २ बाट वीरकेश्वरी गौतम पराजित भएका हुन्।

जिल्ला पार्टीभित्र गौतम निर्भीक र निडर छवि बनाएका नेता हुन्। उनले संकटकालको समयमा पार्टी र कार्यकर्ता जोगाउन महत्वपूर्ण भूमिका खेलका थिए।

त्यसपछिका पार्टी सभापति रेग्मी पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका नेता हुन्।

रेग्मीले क्षेत्र नम्बर २ मा संस्थापन प्यानलबाट उम्मेदवारी दिएका थिए भने गौतमले क्षेत्र नम्बर २ बाट संस्थापन इतरबाट उम्मेदवारी दिएका थिए।

सम्बन्धित् समाचार