गृहपृष्ठ Featured सैनामैनामा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते

सैनामैनामा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते

प्रकाशित मिति:

बुटवल : पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको मुर्गियामा बिहीबार बिहान दुईवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा आठ यात्रु घाइते भएका छन् ।

काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २५२ नम्बरको माइक्रो बस बिहान करिब ६ बजे सैनामैना नगरपालिका-४ मुर्गियामा एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा दुबै सवारीसाधनका चाररचार जना यात्रु घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

सम्बन्धित् समाचार