कपिलवस्तु : कपिलवस्तु काँग्रेसका युवा नेता आशिष शर्मा महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत सहित निर्वाचित भएका छन् । कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ को अधिवेशनबाट शर्मा ३६१ मतसहित निर्वाचित भएका हुन् ।
शर्माले महाधिवेशन प्रतिनिधिमा खुलातर्फ उम्मेदवारी दिएका थिए ।
त्यस्तै कपिलवस्तु जिल्लाको क्षेत्र नः १ को नेपाली कांग्रेसको क्षेत्रीय चुनावबाट सभापति पदमा देउवा निकट नेता अब्दुल मन्नान खा बिजयी भएका छन् । खाँ ले टेक बहादुर शाहीलाई पराजित गरेका हुन् ।
यस्तै महाधिवेशन प्रतिनिधिमा आशिष शर्मासहित, कमल टण्डन, गणेश बहादुर क्षेत्री, डोलकराम घिमिरे, दुर्गा बहादुर सेन, दुनिका भुसाल, राजेश आर्चाय, राजेश सिहं, बिष्णु प्रसाद न्यौपाने, हिमलाल पाडैल, समिरन मियाँ, जमशेद खा, गोबिन्दी थारु, पुरन थारु, छविलाल नेपाली विजयी भएका छन् ।