वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंले दिप प्रज्वलन गरेर उद्योग दिवस मनाएको छ । सघंको आफनै भवन परिसरमा दिप प्रज्वलन गरेर सातौँ उद्योग दिवस मनाइएको हो । सो अवसरमा सरकारले ब्यवसायी राष्ट्र सञ्चालनका लागी पहिलो आधार भएको सघंका निबर्तमान अध्यक्ष उमानाथ पौडेलले बताए । उद्योग सञ्चालन गर्दै आएका ब्यवसायीलाई सरकारले प्राथमिकता दिदै प्रोत्साहन गर्नु पर्ने पौडेलले बताए ।
सो अवसरमा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगर, महिला उपाध्यक्ष इन्दीरा तिमिल्सीना, महासचिव मनोज पौडेल लगायतले आआफनो धारणा राखेका थिए ।
कपिलवस्तु उद्योग बाणिज्य सघंले दिप प्रज्वलन गरेर उद्योग दिवस मनायो

