गृहपृष्ठ Featured देउवाकै अगाडि बादलले भने- अहिलेको सरकार परमादेशकै हो

देउवाकै अगाडि बादलले भने- अहिलेको सरकार परमादेशकै हो

प्रकाशित मिति:

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले प्रधानमन्त्री शेरबहादुर देउवाकै अगाडि वर्तमान सरकार जनादेशबाट नभएर परमादेशबाट बनेको टिप्पणी गरेका छन्।

एमालेको जारी १०औँ महाधिवेशनमा स्वागत मन्तव्य राख्दै बादलले भने, ‘लोकतन्त्र अझै तङ्ग्रिन सकेको छैन। देशी विदेशी शक्तिहरूको चलखेल कायमै छ। त्यही शक्तिहरूले सिंगो नेकपालाई तीन टुक्रा बनाएको छ।’

असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा देउवा नियुक्त भएका थिए।

एमाले महाधिवेशनमा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाकै अगाडि बादलले भने, ‘जनादेशबाट आएको सरकार हटाएर अदालतको ठाडो आदेशबाट सरकार ल्याएको छ। मुलुकको व्यवस्था सेटिङबाट भत्काइएको छ। राष्टियता, लोकतन्त्र, संविधान र गणतन्त्र जोखिममा परेको छ।’

अहिले एकातर्फ अग्रगमन र अर्कोतिर दलाल पुँजीवादी दक्षिणपन्थी शक्तिहरूबीच प्रतिस्पर्धा चलिरहेको उनको भनाइ छ।

सम्बन्धित् समाचार