गृहपृष्ठ Featured कपिलवस्तु हाट बजार समितिको अध्यक्षमा सोमै बिजयी, अरु पदमा कसकसले जिते ?

कपिलवस्तु हाट बजार समितिको अध्यक्षमा सोमै बिजयी, अरु पदमा कसकसले जिते ?

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु हाट बजार ब्यवसायी समितिको अध्यक्षमा पवित्रा सोमै बिजयी हुनु भएको छ । शुक्रबार बाणगंगाको बुङचीमा भएको १७ औँ साधारणसभा तथा तथा नवौ अधिवेशनबाट पवित्रा सोमै अध्यक्ष पदमा बिजयी हुनु भएको हो । ८०५ कुल सदस्य रहेको कपिलवस्तु हाट बजार ब्यवसायी समितिमा नया नेतृत्व मतदानबाट छानीएको थियो । जसमा सोमैले २९६ मत ल्याउनु भएको छ भने अध्यक्षका अर्का दावेदार ज्ञान बहादुर थापाले २९२ मत ल्याउनु भएको थियो ।
यस्तै बरिष्ठ उपाध्यक्ष पदमा गोबिन्द पोखरेल, महिला उपाध्यक्षमा मधु केसि, उपाध्यक्षमा तिल बहादुर पाण्डे, सचिवमा यादवमा घिमिरे, कोषध्यक्षमा अब्दुल अजीज, सह सचिवमा गणेश न्र्यापाने र सन्तराम चौधरी बिजयी भएका छन । सदस्यहरुमा अकवाल अहमद, अस्मीता बिष्ट, ओम प्रकाश चौधरी, कमला खत्री, केशवलाल थापा, खडक बहादुर ठकुरी, गणेश न्यौपाने, गुलाम रङरेज, गोपाल पोखरेल, दुर्गादेवि पौडेल, बिष्णु पराजुली, शान्ता नेपाली लगायत रहेका छन । कुल ६३७ ले मतदान गरेका थिए ।
यसैबिच सधारणसभा तथा अधिवेशनमा प्रमुख अथितिका रुपमा बोल्दै कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले हाट बजार ब्यवसायीहरु नेपाली अर्थतन्त्रको मुल आधार रहेको बताउनु भएको छ । सो अवसरमा नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई, पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राख्नु भएको थियो ।

सम्बन्धित् समाचार