वैखरी अनलाइन
नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापति पदका दावेदार सुधाखर पाण्डेले अर्का दावेदार राजेश आर्चायलाई सहयोग गर्ने भएका छन । आज बिहान सुधाखर पाण्डे पक्ष र राजेश आर्चाय पक्षबिच भएको लामो छलफल भएपछि पाण्डेले आर्चायलाई सहयोग गर्ने सहमति भएको हो ।
सुधाखर पाण्डे प्रस्ताबक रहेर आजै आर्चालाई आफनो उमेद्धवारी समेत दर्ता गराएका छन । यो सगैँ जिल्ला सभापतिका लागी राजेश आर्चाय र अब्दुल कमालबिच प्रतिस्पर्धा हुने देखिएको छ । सभापतिका लागी आर्चायलाई दिप कुमार उपाध्याय, अभिशेख प्रताप शाह, बिरेन्द्र बनोडिया, दिर्घ नारायण पाण्डेको सर्मथन रहेको छ भने कमाललाई २ पटकसम्म जिल्ला सभापति भएका सुरेन्द्रराज आर्चायको सहयोग रहेको छ ।








