गृहपृष्ठ Featured कांग्रेसमा “युवालाई अव जिम्मेवारी त्यसैले मेरो सचिवमा उमेद्धवारी ” ः शक्ति

कांग्रेसमा “युवालाई अव जिम्मेवारी त्यसैले मेरो सचिवमा उमेद्धवारी ” ः शक्ति

प्रकाशित मिति:

वेखरी अनलाइन
नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सचिव पदमा युवा माझ लोकप्रिय नेताका रुपमा परिचित रहेका खोम बहादुर सिहं ९शक्ति० ठकुरीले उमेद्धवारी दिएका छन । नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका जिल्ला सभापति समेत रहेका ठकुरी जिल्लामा सामाजिक क्षेत्रमा उदारणीय काम गर्दै चर्चामा आएका थिए ।

अव अग्रजलाई सम्मान गर्दै पार्टीमा युवाहरुलाईपनि केही जिम्मेवारी दिन आवश्यक रहेको भन्दै आफुले उमेद्धवारी दिएको ठकुरीले वैखरी अनलाइनलाई बताए । ठकुरी नेपाली कांग्रेसको सक्रिय राजनितिसगै सामाजिक सेवामा बर्षौदेखि निरन्तर लागेका छन । बाढि पिडित, अग्नी पिडित तथा बिपन्नलाई गास बास कपासको समस्या पर्ना साथ उनी दुखमा मलम लगाउन पुगीहाल्ने भएकाले पनि सचिव पदमा बिजयी हुने आकंलन गर्न थालिएको छ ।

कोरोनाको महामारीका समयमा पनि जोखिम मोल्दै उनीसहितका युवाहरु राहात बितरणमा लागेका थिए भने पार्टीका हरेक गतिविधिमा सक्रिय सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार