गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा एक महिला घरमै मृत फेला, बलात्कारपछि हत्याको आशंका

कपिलवस्तुको बाणगंगामा एक महिला घरमै मृत फेला, बलात्कारपछि हत्याको आशंका

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १० मा एक महिला मृत फेला परेकी छन । महिलाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । ती महिलाको हात बाधेको अवस्थामा उनकै घरमा शव भेटीएको हो ।
बाणगंगा वडा नः १० सोनपुर बस्ने बर्ष ६० की यशोदा लोनिया (एकल महिला) बिहानबाट घर भन्दा बाहिर नआएपछि स्थानियले सो घटनाबारे थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

उनी घरमा एक्लै बस्दै आएकी थिइन । घटनाबारे थप अनुसन्धान भईरहेको र घटना शंकास्पद रहेकाले भोली कुकुरको सहायताले अनुसन्धान अगाडी बढाइने जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए ।

सम्बन्धित् समाचार