गृहपृष्ठ Featured टोप बहादुरले माओवादी पार्टी छाडेको खुशीमा अर्घाखाचीमा पञ्चेबाजासहित ¥याली

टोप बहादुरले माओवादी पार्टी छाडेको खुशीमा अर्घाखाचीमा पञ्चेबाजासहित ¥याली

प्रकाशित मिति:

वैखरी अनलाइन
अर्घाखाचीमा टोप बहादुर रायमाझीले पार्टी छोडेको खुशीमा पञ्चेबाजासहित ¥याली निकालिएको छ । माओवादी केन्द्रको नगर अधिवेशनका अवसरमा अर्घाखाचीको शितगंगामा पञ्चेबाजासहित ¥याली निकालिएको हो । नेकपा माओवादी केन्द्रका नेता टिका रेस्मीले पाटीको शितगंगाको दोस्रो अधिवेशनको अबसरमा सम्बोधन गर्दै माओबादी केन्द्रबाट पटक पटक मन्त्रीको लाभमा पुगेका नेता टोप बहादुर रायमाझी र उनको समुहले पाटी छाडे पछि माओवादी झनै बलियो भएको बताएका छन ।

सधै लाभ लिइरहेका रायमाझीले पाटी छाड्दा कार्यक्रतामा निराशा नरहेको बताए । कार्यक्रता माझ सम्बोधन गर्दै रेस्मिले पञ्चेबाजा सहित अमराई सानादह र ठाडा दह सम्म पञ्चेबाजा सहितको र्याली गर्नुको मुख्य कारण टोप बहादुर रायमाझी र अबसरबादी उनका समुहहरुको गएको खुशीमा पञ्चेबाजा सहित उनिहरुको बिदाई र माओवादी कार्यक्रताहरुले खुशी मनाएका हुन ।

सम्बन्धित् समाचार