गृहपृष्ठ Featured आठ लाख सदस्यता थप्यौं अब माओवादी पहिलो पार्टी बन्छ : बलदेव

आठ लाख सदस्यता थप्यौं अब माओवादी पहिलो पार्टी बन्छ : बलदेव

प्रकाशित मिति:

माधव बेल्बासे कपिलवस्तु
नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य चक्रपाणी खनाल (बलदेव)ले नेकपा माओवादी केन्द्र मुलुकको पहिलो पार्टी बन्ने उद्घोष गर्नुभएको छ । कपिलवस्तुको शिवराज नगर समितिको ऐतिहासिक सम्मेलनलाई सम्बोधन गर्दै खनालले केपि ओलीकै कारण कम्युनिष्ट पार्टी छुट्टिने अवस्था आएको बताउनुभयो ।

May be an image of 9 people and people standing

देशमा रहेका सबै कम्युनिष्टहरुलाई एकजुट गराउने प्रचण्डको योजना केपि ओलीको स्वार्थ कारण पुरा हुन नसकेको बताउनुभयो । दश वर्ष सम्म आन्दोलन गरि ल्याएको व्यवस्थामा अहिले अरु कसैले राज गरिरहेको बताउँदै अब यि व्यवस्था चलाउन सबै माओवादी आउने जिकिर गर्नुभयो ।

दुई पार्टी एक हुदा कतिपय माओवादीका कर्मठ योद्धाहरु नै छुटेको हुदा अब सबैलाई समेटेर पार्टीलाई मजबुत बनाउन नेता कार्यक्रतालाई आग्रह गर्नुभयो । ‘अब आउने निर्वाचनमा माओवादी पार्टी पहिलो दल बन्ने छ, त्यहि अनुसार तपाईहरु काम गर्नुस’ खनालले भन्नुभयो ‘सर्घष वाट आएको परिणाम लाई व्यवहारमा उतार्ने जिम्मेवारी तपाई हाम्रो हो, ।

May be an image of 9 people and people standing

पूर्व मन्त्री समेत रहनुभएका खनालले विप्लव सँग पनि एकताको विषय अघि बढेको बताउनुभयो । विविध कारणले छुट्टिएका माओवादीहरु अब एक भएर निर्वाचन सगै जनताको सेवामा लाग्नुपर्ने तर्क राख्नुभयो । देशभर ८ लाख बढी माओवादीका कृयशिल सदस्यहरु रहेको बताउँदै दश वर्षे आन्दोलनको समय भन्दा अहिले उल्लेखनिय सहभागिता रहेको जनाउनुभयो ।

सम्मेलनमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाहले जिल्लाका सबै पालिकाहरुमा आज एकै साथ सम्मेलन सुरु भएको बताउनुभयो । पार्टीलाई बलियो बनाउन नया नेतृत्व आवश्यक रहेको जिकिर गर्दै सम्मेलनले चयन गर्ने नेतृत्वलाई बधाई ज्ञापन गर्नुभयो । नगर अध्यक्ष द्रोण बहादुर पुन(दिनेश)को अध्यक्षतामा सुरु भएको सम्मेलनको संचालन सचिव भरत पोख्रेलले गर्नुभएको थियो ।

May be an image of 3 people, people sitting and people standing

प्रकाशित : ११ मंसिर २०७८, शनिबार, ,

सम्बन्धित् समाचार