गृहपृष्ठ Featured कांग्रेस बाँकेको निर्वाचन कार्यक्रम स्थगित

कांग्रेस बाँकेको निर्वाचन कार्यक्रम स्थगित

प्रकाशित मिति:

नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन कार्यक्रम स्थगित भएको छ । लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन एकै समय पर्ने भएपछि केन्द्रीय निर्वाचन समितिको निर्देशनमा स्थगित गर्नुपरेको जिल्ला निर्वाचन अधिकृत रेवतीरमण भट्टराईले बताए ।

जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवं निर्वाचन अधिकृत भट्टराईको अध्यक्षतामा आइतबार साँझ बसेको आकस्मिक बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

बाँकेमा सोमबार उम्मेदवारी मनोनयन दर्ता र मंगलबार मतदान गर्ने भनी निर्वाचन कार्यतालिका प्रकाशन भएको थियो । केन्द्रीय निर्वाचन समितिको निर्देशन अनुसार प्रदेश अधिवेशनरनिर्वाचन सम्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिको प्राप्त हुने निर्देशन अनुसार निर्वाचन प्रक्रिया सुरु गर्ने गरी जिल्लाको निर्वाचन स्थगित गर्ने निर्णय गरिएको हो ।

सम्बन्धित् समाचार