गृहपृष्ठ Featured मंसिर १६ गते राष्ट्रपति भण्डारी कपिलवस्तु आउँदै

मंसिर १६ गते राष्ट्रपति भण्डारी कपिलवस्तु आउँदै

प्रकाशित मिति:

कपिलवस्तु : राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर १६ गते विहिबार कपिलवस्तु आउनु हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा हुने २७ औँ ज्ञानमहायज्ञमा सहभागी हुन भण्डारी कपिलवस्तु आउन लाग्नु भएको हो ।

विहान ११ बजे हेलिकप्टरमार्फत् राष्ट्रपति भण्डारी आइपुग्नु हुने बताईएको छ । राष्ट्रपति भण्डारीले जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको कैलाश आश्रम तथा मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको अवलोकन, विश्वविशाल शिव ज्योर्तिलिङको स्थापना र नवनिर्मित कुण्डको उद्घाटन गर्नुहुने यज्ञका प्रेरक गुरु ब्रहम्निष्ठ तत्वदर्शी १००८ स्वामी लोकानन्द महाराजले बताउनुभयो ।

गुरुकुलमको सहयोगगार्थ भोलिबाट महायज्ञ सुरु हुने छ । राष्ट्रपतिबाटै विविधत् रुपमा यज्ञको उद्घाटन हुने भनिए तापनि उहाँको ब्यस्तताको कारण २ दिन ढिलो उद्घाटन हुने छ । यद्यपी यज्ञका अनुष्ठान भने भोलिबाटै सुरु हुने स्वामी लोकानन्द महाराजले जानकारी दिनुभयो । नन्दनगर बसाईको क्रममा राष्ट्रपति भण्डारीले भक्तसमक्ष छोटो भनाई राखेर विदाई हुने यज्ञ सम्पादन आयोजन मूल समितिका संयोजक बालाराम ज्ञवालीले बताउनु भयो ।

राष्ट्रपति आउने कार्यक्रम तय भएपछि अहिले त्यहाँ द्रुत ढंगबाट काम भइरहेको छ ।

सम्बन्धित् समाचार