गृहपृष्ठ Featured अर्घाखाँचीमा जिपले ठक्कर दिंदा ४ बर्षीय बालकको मृत्यु

अर्घाखाँचीमा जिपले ठक्कर दिंदा ४ बर्षीय बालकको मृत्यु

प्रकाशित मिति:

अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थानमा जिपले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ । लु १ ज १७२६ नम्बरको जिपले ठक्कर दिंदा भुमिकास्थान–७, बरबासका दिपक नेपालीका ४ वर्षिय छोरा आयान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।

सन्धिखर्कबाट खिल्जी जान हिंडेको जिपले ठक्कर दिएर घाईते भएका बालकको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको हो ।

सवारी र चालक प्रहरी नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भईरहेको छ ।

सम्बन्धित् समाचार