गृहपृष्ठ Featured सिन्धुलीको हार्डवेयर गोदाममा आगलागी, करोडौंको क्षति

सिन्धुलीको हार्डवेयर गोदाममा आगलागी, करोडौंको क्षति

काठमाडौं : सिन्धुलीमा सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित एक हार्डवेयर गोदाममा आगलागी भएको छ । मंगलबार बिहान करिब १० बजेतिर साह आइरन एण्ड इलेक्ट्रिक सेन्टरमा लागेको आगो दुधौली, बर्दिबास र रामेछापबाट समेत दमकल मगाएर नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले ठूलो आगलागी भएकाले अन्यत्रबाटसमेत दमकल मगाएर आगो नियन्त्रणमा लिइएको जानकारी दिए ।

सिकन्दर साहसहित दुई जनाको स्वामित्वमा रहेको उक्त गोदामका धेरै सामान जलेर नष्ट भएको एसपी थपलियाले बताए ।

बिजुलीको तार सट भएर आगलागी भएको र क्षतिको एकिन विवरण भने आइनसकेको उनले बताए । सञ्चालक साहले भने आगलागीबाट करोडौंको क्षति भएको बताएका छन् ।

सम्बन्धित् समाचार