गृहपृष्ठ Featured नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ र पहिलो बैठक सौराहामै हुने

नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ र पहिलो बैठक सौराहामै हुने

काठमाडौं : नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ। नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल, सौराहामै हुने तय भएको नेता विष्णु रिजालले जानकारी दिए।

नयाँ पदाधिकारी र सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ। सहमति नजुटेपछि एमालेको अध्यक्षसहित अन्य पदका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको हो।

मतगणनामा अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिएका छन्। मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले ओली अगाडि रहेका छन्। एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो।

सम्बन्धित् समाचार