वैखरी अनलाईन : हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रमलाई तीब्रता दिएको छ । यसै क्रममा बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको टीकापुर नगरपालिका–०१, जमरापारीमा टीकापुर शाखा सञ्चालनमा ल्याएको छ । सो शाखा मंसिर १४ गते मंगलबारदेखि सञ्चालनमा ल्याईएको बैंकका प्रेस तथा जन सम्पर्क अधिकृत शितल कोइरालाले बताए ।
बैंकले उक्त शाखाहरुबाट सम्पुर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ । टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोवार सुरु गरेको हो ।
बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सूदुर पश्चिम प्रदेशको सातौं शाखा भएको बैंकले जनाएको छ । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देब अग्रवालले वताए ।
यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या एक सय ४६ र पाँच हजार भन्दा बढी पिओएस टर्मिनल संख्या पुगेको छ ।