गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तुमा उपविजेतालाई विजेता बनाएको भन्दै पुनः मतगणनाको माग

कांग्रेस कपिलवस्तुमा उपविजेतालाई विजेता बनाएको भन्दै पुनः मतगणनाको माग

वैखरी अनलाईन : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तुमा भएको जिल्ला अधिवेशनमा उप विजेतलाई विजेता बनाएको भन्दै पुनः मतगणनाको माग गरिएको छ । बुधबार निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै लेखिएको छुट्टाछुट्टै २ जनाको निवेदन मार्फत आफ्नो मत बढी हुदाँहुदै आाफु भन्दा कम मत प्राप्त गर्नेलाई विजेता बनाएको भन्दै पुनः मतगणनाको माग गरिएको हो ।

जिल्ला कार्य समिति सदस्यमा थारु कोटाबाट चुनाव लडेका झगरु थारुले आफु ७० मतले विजयी हुदाँ हुदैं आफुसंग प्रतिस्पर्धामा रहेका गुरु प्रसाद थारुलाई विजयी बनाउन नमिल्ने उनले दाबी गरेका छन् ।

त्यस्तै जिल्ला सदस्य पदकै लागी बाणगंगा नगरपालिकाको कोटाबाट जिल्ला सदस्य पदमा चुनाव लडेका भक्ति राम शर्मा (गुरु प्रसाद ) ले पनि असन्तुष्टि जनाउँदै पुनः मत गणनको माग गरेका छन् ।

सम्बन्धित् समाचार