गृहपृष्ठ Featured कपिलवस्तुका सुधाकर पाण्डेयको लुम्विनी प्रदेश उप सभापतिमा उम्मेदवारी

कपिलवस्तुका सुधाकर पाण्डेयको लुम्विनी प्रदेश उप सभापतिमा उम्मेदवारी

कपिलवस्तु । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्विनी प्रदेशको १८ गते शनिवार भैरहवामा हुने निर्वाचनमा लुम्विनी प्रदेश उप सभापति पदमा कपिलवस्तुका कांग्रेस नेता सुधाकर पाण्डेयले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

भैरहवामा आयोजित पत्रकार सम्मेलनमा नेता पाण्डेयले संस्थापन पक्ष देउवा समुहका नेता भरत कुमार शाह नेतृत्वको समूहबाट उप सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा लुम्विनी प्रदेश सभापति पदमा रुपन्देहीका भरत कुमार शाह, उप सभापति पदमा दाङ्गका राजु खनाल र कपिलवस्तुका सुधाकर पाण्डेयले संयुक्त प्यानल घोषणा गरी उम्मेदवार दिने बताएका छन् ।

यसै गरी महामन्त्री पदमा बर्दियाका जन्मयजय तिमल्सिना र प्युठानका खिमान सिंह रायमाझी, सहमहामन्त्री पदमा बांकेका लक्ष्मी नारायण शाह, रुपन्देहीका सरिता चौधरी र बाँकेका माया पुनले सभापति पदका उम्मेदवार भरत कुमार शाह नेतृत्वकै समूहबाट उम्मेदवारी दिने बताईएको छ ।

उप सभापति पदका उम्मेदवार सुधाकर पाण्डेय कपिलवस्तुका लोकप्रिय, निष्ठावान तथा ईमान्दार नेताका रुपमा परिचित छन् । उनी नेपाली कांग्रेस कपिलवस्तुको पूर्व पार्टी सभापति समेत हुन् ।

करीब ३ दशकको नेपाली कांग्रेसको राजनितिमा सदैव संगठन प्रति वफादार रही काम गर्दै आएका नेता पाण्डेयलाई विभिन्न दलबाट पटक पटक आफ्नो दलमा सहभागी हुन आमन्त्रण गरिए पनि उनले त्यसलाई स्वीकार गरेका छैनन् ।2222.jpg

मधेश आन्दोलन पछि गठिन मधेश केन्द्रित दलबाट केन्द्रीय स्तरको जिम्मेवारी दिने गरी आफ्नो दलमा तान्न खोजे पनि नेता पाण्डेय नेपाली कांग्रेस पार्टी प्रति नै प्रतिवद्ध भएर लागि रहेका छन् ।

पार्टी नेता कार्यकर्ताको साथ साथै कपिलवस्तुका अन्य राजनैतिक दल र आम अगुवा सचेत नागरिकहरुमा समेत नेता पाण्डेय प्रतिको उच्च श्रद्धा एवं सम्मान रहेको छ । वरिष्ठ अधिवक्ता समेत रहेका नेता पाण्डेय धनी, गरीब, सवै वर्ग समुदायका साझा नेताका रुपमा कपिलवस्तुमा परिचित छन् ।

सम्बन्धित् समाचार