लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले राष्ट्रपतिको आगमनले कैलाश आश्रमको गरिमा बढेको बताउनुभयो । आश्रमको बारेमा प्रकाश पारी स्वागत मन्तब्य राख्दै सांसद पन्थीले आश्रमलाई अगाडि बढाउन सबै मिलेर जानुपर्ने बताउनुभयो । विषेशगरी आश्रममा गुरुकुल शिक्षालाई अझ अगाडि बढाई संस्कृतिको संरक्षण गर्ने कार्यमा सवै जुट्न आवश्यक रहेको जोड दिनुभयो ।
कैलाश आश्रम (गुरुकुलम) नगरपालिका र जिल्लाको मात्र नभएर देशकै गौरव रहेको बताउदै यसलाई संरक्षण गरी यो स्थान सम्म ल्याउने व्यवस्थापन समिति, गुरुहरु लगायत यहाँका स्थानीयलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
विशाल धार्मिक सभा ज्ञानमहायज्ञले संस्कृति, प्रकृतिको संरक्षण गरि समाजमा सकारात्मक सन्देश दिने भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । सांसद पन्थी वाणगंगा २ नन्दनगर स्थित कैलाश आश्रम गुरुकुलको विकास र संरक्षणमा विशेष ध्यान दिदै आउनुभएको छ । उहाँले विभिन्न निकायसंगको पहल र समन्वय र विकास निर्माणका कामहरु अगाडी बढाईरहनु भएको छ । व्यक्तिगत रुपमा सांसद पन्थी र उहाँको परिवारले आफनो जीवनका हरेक महत्वपूर्ण घटनाक्रममा दानदक्षिणा र बटुकहरुको लागि भण्डारणमा सहयोग समेत गर्दै आउनुभएको छ ।