गृहपृष्ठ Featured एमालेले निष्काशन गरेका सांसद आए संसद चल्न दिँदैनौं- ओली

एमालेले निष्काशन गरेका सांसद आए संसद चल्न दिँदैनौं- ओली

प्रकाशित मिति:

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निष्काशन गरेका सांसद संसदमा गए प्रतिनिधि सभा चल्न नदिने दोहोर्‍याएका छन्। शुक्रबार दिउँसो पार्टी कार्यालय थापाथलीमा पदभार ग्रहण गर्दै उनले एमालेले निष्काशन गरेका सांसद आए संसद चल्न नदिने बताएका हुन्।

‘हामीले निष्काशन गरेका व्यक्तिहरु संसदभित्र राखेर संसद् कसरी चल्न सक्छ’ओलीले भने,‘नियमले गैह्र सांसद्लाई सभामा बस्न दिँदैन, मिल्दैन ।’ उनले एमालेले साउन २५ गते निकालिएका व्यक्ति २८ गते संसदमा आउँछन् भने त्यो स्वीकार्य नहुने स्पष्ट पारे।

ओलीले २८ गते किन संसद् बोलाइएको हो सरकार प्रस्तुत भएपछि जानकारी हुने बताए। ओलीले सभामुख अग्नी सापकोटा एमालेविरुद्ध सत्तापक्षीय गठबन्धनसँग लागेर अनुचित गठबन्धन गरेर एमाले फुटाउन लागेको पुन स् दोहोर्‍याए। उनले अवैध ढंगले एमाले फुटाउन सभामुख लागेको बताए।

सम्बन्धित् समाचार