वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका चार नम्बर जितपुरमा ताजा जुस तथा स्वदेशी तथा बिदेशी चकलेट पाइने स्टार फ्रेस जुस एण्ड स्टोल पसल सञ्चालनमा आएको छ । बिभिन्न रोगबाट ग्रसित बिरामीका लागी उपयोगी जुसका साथै स्वदेशी तथा बिदेशी चकलेट पाइने गरी स्टार फ्रेस जुस एण्ड स्टोल पसल सञ्चालनमा आएको हो ।
आज कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, शितगंगा नगरपलिकाका प्रवक्ता दामोदर न्यौपाने र बाणगंगा वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले संयुक्त रुपमा रिबन काटेर पसलको उद्यघाटन गर्नु भएको हो ।
रक्तचाप बढि भएका बिरामीलाई एलोबेराको जुस, सुगरका बिरामीका लागी जमराको जुससहित बिभिन्न बिरामी उपयोगी केन्द्रित जुस पाइने पसलका सञ्चालक बिष्णु पौडेलले बताए ।
सो अवसरमा बोल्दै वडा नं. ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले ब्यवसायिक सफलताको शुभकामनासहित ताजा जुसले नगरबासीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेमा बिश्वास लिएका छन ।