गृहपृष्ठ Featured कांग्रेस लुम्बिनी प्रदेश सदस्य (दलित महिलातर्फ) रिना नेपालको उम्मेदवारी घोषणा

कांग्रेस लुम्बिनी प्रदेश सदस्य (दलित महिलातर्फ) रिना नेपालको उम्मेदवारी घोषणा

वैखरी अनलाईन : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश सदस्य (दलित महिलातर्फ) रिना नेपाल वि.क.ले उम्मेदवारी घोषणा गरेकी छिन् । प्रदेशमा पार्टिलाई थप सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको उनले दाबी गरिन् ।

लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्री समेत रहेकी वि.क.ले दशकौ बढीदेखि नेपाल कांग्रेसमा आवद्ध भई विभिन्न जिम्मेवारी निर्वाह गरि सकेकी छिन् । विपिको समाजवादको सपना साकार पार्न र अब आउँदै गरेको चुनावमा पार्टीलाई जिताउन पनि आफ्नो उम्मेदवारी महत्वपूर्ण सावित हुने उनले बताईन् ।

उनले पार्टीमा दलितहरुको पनि हकअधिकार स्थापित गराउँदै पार्टीलाई प्रदेशमा थप स्थापित गराउन सबैलाई मिलाएर लाने बताईन् । उनले आफुलाई पार्टीका सम्पुर्ण नेता कार्यकर्ताको साथ सहयोग मिल्ने समेत विश्वास व्यक्त गरिन् । उनी नेपाली कांग्रेसमा एक नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेतृका रुपमा परिचित छिन् ।

सम्बन्धित् समाचार