गृहपृष्ठ Featured कपिलवस्तु–काठमाण्डौ सम्पर्क समन्वय समिति गठन : अध्यक्षमा घिमिरे

कपिलवस्तु–काठमाण्डौ सम्पर्क समन्वय समिति गठन : अध्यक्षमा घिमिरे

कपिलवस्तु : नेकपा माओवादी केन्द्रको भातृ संगठन कपिलवस्तु–काठमाण्डौ सम्पर्क समन्वय समिति गठन गरिएको छ । नेत्र प्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समन्वय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा अनिषा ज्ञवाली, देवेन्द्र पौडेल, सचिवमा बिनोद मरासिनी, कोषाध्यक्षमा भास्कर पाख्रेल, सहसचिवमा निखिल घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रदिप थारु, सुजन मरासिनि, गिताा शर्मा, विजय पौडेल र गोपाल भट्राई चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पार्टीका केन्द्रिय कार्यालय सचिव डोर प्रसाद उपाध्यायले नवगठित कार्यसमितिलाई बधाई दिंदै सफलताको शुभकामना व्यक्त गरे । उपाध्यायले यस्ता भातृ संगठनले पार्टीलाई मजबुत र बलियो बनाउन अहम भुमिका खेल्ने उनले बताए ।

 

सम्बन्धित् समाचार