गृहपृष्ठ Featured इंग्लिस प्रिमियर लिग : शीर्ष चारमा अंक दूरी घटाउँदै युनाइटेड र टोटेनह्याम

इंग्लिस प्रिमियर लिग : शीर्ष चारमा अंक दूरी घटाउँदै युनाइटेड र टोटेनह्याम

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटनह्यामले अंक दुरी घटाउँदै लगेका छन्। आइतबार राति भएको संघर्षपूर्ण खेलमा म्यान्यूले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्दा टोटनह्यामले पछिल्लो तीन खेलसम्म लगातार जित यात्रा जारी राख्यो।

टोटनह्यामले नर्विच सिटीमाथि ३-० को सहज जित निकाल्दा युनाइटेडले भने ७७ औ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो। म्यानचेस्टरको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली दोस्रो हाफको अन्तिम समयमा मात्र गोल गर्न सफल भयो। युनाइटेडका लागि ७७ औ मिनेटमा ग्रिनउडको पासलाई फ्रेडले गोलमा परिणत गर्दै तीन अंक निश्चित गरेका थिए।

जितसँगै युनाइटेडलाई शिर्ष चार केहि सहज भएको छ। जितसँगै युनाइटेडले आर्सनललाई पछि पार्दै २४ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ।

त्यस्तै आइतबारनै भएको अर्को खेलमा टोटनह्यामले नर्विच सिटीलाई ३-० ले पराजित गर्दै आफुलाई शिर्ष चार नजिक पुर्‍याएको छ। टोटनह्याम जितसँगै २५ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ। टोटनह्यामको जितमा लुका मौउराले १० औ मिनेटमा पहिलो गोल गर्दा सान्चेजले ६७ औ मिनेटमा दोस्रो गोल गरेका थिए। त्यस्तै दक्षिण कोरियन स्ट्राइकर सन ह्युङ मिनले ७७ औ मिनेटमा तेस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे।

त्यस्तै अन्य खेलमा लिड्स युनाइटेड ब्रेन्टफोर्ड सँग अन्तिम समयमा हारबाट जोगियो। सुरुवाती अग्रताका बाबजुत लिड्स दोस्रो हाफमा लगातार २ गोल खान पुग्यो। तर ५ मिनेट थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा लिड्सले गोल फर्काउँदै ब्रेन्टफोर्ड सँग अंक खोस्यो। ब्रेन्ट फोर्ड १७ अंकका साथ ११ औ स्थानमा उक्लिँदा लिड्सले पनि १६ अंकका साथमा १४ औ स्थानमा आफुलाई उकाल्न सफल भयो।

 

सम्बन्धित् समाचार