गृहपृष्ठ Featured बाणगंगामा फर्निचर उद्योगका संचालक अवैध सालको काठ सहित पक्राउ

बाणगंगामा फर्निचर उद्योगका संचालक अवैध सालको काठ सहित पक्राउ

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगामा अवैध सालको काठसहित एक जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका वडा नं. ६ बैदौलीबाट एक फर्निचर उद्योगका संचालक हरि चौधरी अवैध सालको काठसहित पक्राउ परेका हुन् ।

आईतबार बेलुका करिब ९ बजे रुद्र फर्निचर उद्योगका संचालक चौधरीलाई गोप्य सुचनाका आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । प्रहरी निरिक्षक दिनेश गुरुङ्गको कमाण्डमा खटिएको प्रहरी टोलीले ६ वटा चौकस, २ वटा फेन्टा गरि ६ क्युफिट काठ बरामद गरेको छ ।

उक्त बरामद गरिएको काठको मूल्य करिब रु.२५ हजार पर्ने प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय तौलिहवा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार