वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंले बाणगंगा नगरपालिकाको बुद्ध रगंशालामा चौधौँ कपिलवस्तु महोत्सव लगाउने तयारी थालेको छ । यहीँ माघ १४ गतेबाट १० दिनसम्म सञ्चालन हुने गरी महोत्सवको सञ्चालनका लागी तयारी सुरु भएको आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए ।
महोत्सव सफल पार्नका लागी यसअघिनै बरिष्ट उपाध्यक्ष छवि रेश्मी मगर संयोजक रहने गरी प्रस्तावना लेखन तथा पुर्व तयारी उपसमिति गठन भईसकेको छ । प्रस्तावना लेखनका काम पुरा भइसकेको रेश्मीले वैखरी अनलाइनलाई बताए ।
कोरोना महामारी कारण बिगत २ बर्ष महोत्सव सञ्चालन हुन नसकेको भएतापनि यसपालिको महोत्सवलाई एतिहासिक बनाउने योजना रहेको सघंका महासचिव मनोज पौडेलले बताए ।
माघ १४बाट महोत्सव सञ्चालनका लागी अध्यक्ष घिमिरेले गृहमन्त्री बालकृष्ण खाणसगं कुराकानी गरेका छन । कोरोनाको तेस्रो महामारी भित्रिए भन्न नसकिने तरपनि माघ १४ बाटै महोत्सवको तयारीमा लाग्न गृहमन्त्री खाणले आश्वासन दिएको अध्यक्ष घिमिरेले बताए ।