गृहपृष्ठ Featured कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा कपिलवस्तुका युवा नेता भूसाल विजयी

कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा कपिलवस्तुका युवा नेता भूसाल विजयी

प्रकाशित मिति:

वैखरी अनलाईन : कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा कपिलवस्तुका रुक बहादुर भूसाल विजयी भएका छन् । कांग्रेसको सम्पन्न प्रदेश अधिवेशनबाट कपिलवस्तुका युवा नेता भूसाल कांग्रेस प्रदेश सदस्यमा विजयी भएका हुन् ।

जिल्लाका विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका भूसाल पछिल्लो समय राजनितिमा आफ्नो भूमिका बढाउदै लैजान सफल भएका छन् । उनले वैखरी अनलाईनलाई संक्षिप्त प्रतिक्रिया दिदैं अब जिल्लामा कांग्रेसलाई थप स्थापित गराउँदै आगामी चुनावमा जित दिलाउने दाबी गरे । पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु स्वाभाविक भएको भन्दै उनले अबको नेतृत्वले सबैलाई समेटेर लैजानु पर्ने बताए ।

उनी नेपाली कांग्रेसको राजनितिमा तीन दशक बढीदेखि संक्रिय रहदैं विभिन्न सामाजिक कार्यमा लाग्दै आएका छन् ।

सम्बन्धित् समाचार