गृहपृष्ठ Featured विज्ञको सुझाव- ‘चिसो बढ्न सक्ने भन्दै शतर्क रहनु’

विज्ञको सुझाव- ‘चिसो बढ्न सक्ने भन्दै शतर्क रहनु’

प्रकाशित मिति:

काठमाडौं : नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै शतर्क रहन विज्ञहरुले सचेत गराएका छन् ।पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरुले सचेत गराएका हुन् ।

पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारुरुपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरुले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनैतिक तयारी थाल्नुपर्ने बताए ।

उनले भारतमा हरेक वर्षमा ४ वटा चक्रवातहरु आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकोले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणवद्ध तयारी थाल्नुपर्ने बताए । मास्कले कोरोनाका साथसाथै वायु प्रदूषणबाट पनि बचाउने भएको भन्दै उनले अहिले जीवन बचाउने पद्धति भनेकै मास्क भएको र यसको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरे ।

वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वी नजिक हुने भएकोले सो समयमा घरबाहिर ननिस्किन आग्रह गर्दै उनले अत्याधिक वायुप्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिती आउनसक्ने तर्फ सरोकारवालाहरुलाई सचेत गराए ।

डा. उप्रेतीले धेरै प्रदूषण गराइरहेका उद्योगधन्दा आलोपालो गरेर चलाउने, धेरै प्रदूषण गराउने सवारीसधानहरु बन्द गर्ने लगायतका काम गरेमा प्रदूषणबाट बच्न सकिने बताए ।

सम्बन्धित् समाचार