गृहपृष्ठ Featured नेपालमा मुस्लिम समुदायको अवस्थाबारे राष्ट्रसंघको चासो

नेपालमा मुस्लिम समुदायको अवस्थाबारे राष्ट्रसंघको चासो

प्रकाशित मिति:

काठमाडौं : संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ। मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरूलाई आयोगको कार्यालयमा भेट गरी राष्ट्रसंघको एक प्रतिनिधिमण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरूको सम्बन्धमा चासो व्यक्त गरेको हो।

राष्ट्रसंघको चरम गरिबी र मानवअधिकार हेर्ने विशेष टोलीका संयोजक ओलिभर डे स्कटरको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले आयोगले गरिरहेको काम, मुस्लिम समुदायको शिक्षाको अवस्था, भूगोलअनुसार बसोवासको अवस्थालगायतको विषयमा जिज्ञासा राखेको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए

भेटका क्रममा अन्सारीले आयोगले गरिरहेको काम र मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा जानकारी गराएका थिए।

प्रतिनिधिमण्डलले नेपालको मुस्लिम समुदायको अवस्थाका सम्बन्धमा सन् २०२२ मा जेनेभामा हुने सम्मेलनमा रिपोर्ट पेस गर्ने बताएको अन्सारीले जानकारी दिए।

सम्बन्धित् समाचार