गृहपृष्ठ Featured मुस्लिम धर्मगुरुले भने- ‘कपिलवस्तुलाई बालबिवाह मुक्त बनाउने अभियानमा साथ दिन्छौं’

मुस्लिम धर्मगुरुले भने- ‘कपिलवस्तुलाई बालबिवाह मुक्त बनाउने अभियानमा साथ दिन्छौं’

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुलाई बाल बिवाहमुक्त बनाउन आफुहरुले पहल गर्ने कपिलवस्तुका मुस्लिम धर्मगुरुहरुले प्रतिबद्धता ब्यक्त गरेका छन । युएनएफपिएको सहयोगममा आड्रा नामक संस्थाले तौलिहवामा बाल बिवाह अन्त्य कार्यक्रम अन्र्गत मुस्लिम धार्मिक गुरुहरुलाई बाल बिवाह अन्त्य संबन्धी कार्यक्रममा उनीहरुले सो प्रतिबद्धता ब्यक्त गरेका हुन ।

सरकारले नेपाललाई सन २०३० भित्र बाल बिवाहमुक्त बनाउने अभियानमा आफुहरुको समेत साथ रहेको उनीहरुले बताए । आईसा गल्र्स कलेज कृष्णनगरका मौलाना महसुद नेपालीले कपिलवस्तु सहीत देशलाई नै बाल बिवाहमुक्त बनाउन आफुहरुले हर तरहले सहयोग र साथ दिने बताए ।

उनले अभियानलाई सबै समुदायले साथ दिनु पर्ने बताए । सो अवसरमा सहजकर्ता तालिह हुसेनले बाल विबाह नियन्त्रण र न्युनीकरण गर्ने उपाय बारे जानकारी दिदै महिलाहरुलाई सशक्त बनाउनु पर्ने बताए । महिलाहरु साक्षर र सक्षब नबनाई बाल बिवाह अन्त्य गर्न गाह्रो हुनृ उनले बताए । सन २०१४ मा गरिएको अध्ययन अनुसार तराईको कपिलवस्त, रौतहर र सप्तरीमा तथा पहाडको बझाङ, दैलेख र बैतडीमा बढी बाल बिवाह हुने गरेका छन् ।

अध्ययनले दलित, जनजाति र मुस्लिम समुदायमा बढी बाल बिवाह हुने गरको देखाएको छ । कार्यक्रममा आन्ड्राका कार्यक्रम संयोजक राजीव यादव र प्रशिक्षक चेतराज पंडीतले बाल बिवाहका बिषयमा प्रस्तुती गरेका थिए । कार्यक्रममा २ दर्जन मुस्लिम धर्मगुरुहरु सहभागी थिए ।

सम्बन्धित् समाचार