गृहपृष्ठ Featured कपिलवस्तु महोत्सवको संयोजकमा घिमिरे, निर्देशकमा रेश्मी

कपिलवस्तु महोत्सवको संयोजकमा घिमिरे, निर्देशकमा रेश्मी

वैखरी अनलाइन : कपिलवस्तु उद्योग बाणिज्य सघंले माघ १२ गतेबाट २३ गतेसम्म कपिलवस्तु महोत्सव लगाउने भएको छ । बाणगंगा नगरपालिकाको बुद्ध रगंशालामा आयोजना महोत्सवका लागी सघं तयारीमा जुटेको हो ।

सघंको ७ औ नियमित बैठकले महोत्सवको संयोजकमा सघंका अध्यक्ष डोलकराम घिमिरेले र महोत्सवको निर्देशकमा बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरलाई जिम्मेवारी दिएको सघंका महासचिव मनोज पौडेलले बताए ।

साथै बैठकले महोत्सवलाई उत्कृष्ट र ऐतिहासिक बनाउँन यस बर्ष केही नयाँ कुराहरुको प्रयोग गरिने निर्देशक रेश्मीले बताए । बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरको आफनै भवनमा भएको बैठकले तत्काल बिभिन्न उपसमिति गठन गर्दै थप अन्य जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।

सो अवसरमा सघंका पुर्व अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, कानुनी सल्लाहकार गुणनिधि भुसाल लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार