गृहपृष्ठ Featured पौडेल समूह आज पनि सभापतिको उम्मेदवार चयन गर्न असफल

पौडेल समूह आज पनि सभापतिको उम्मेदवार चयन गर्न असफल

प्रकाशित मिति:

काठमाडौं :  काँग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार तय गर्न इतर पक्ष आज पनि असफल बनेको छ । सभापतिका दावेदारमध्येका दुई जना प्रकाशमान सिंह र शेखर कोइरालाले कुनै पनि हालतमा आफ्नो दावी नछाड्ने अड्डी कसेपछि इतर पक्ष आज पनि साझा उम्मेदवार तय गर्न असफल भएको हो ।

आज सहमति हुन नसकेपछि भोलिपनि नेताहरु बसेर सहमतिको प्रयास गर्ने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार भोलि पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक समेत बस्नेछ भने त्यहाँ वृहत छलफल गरेर सभापतिका दावेदार नेताहरुसँग पनि बैठक बस्ने तयारी छ ।

छलफलमा संस्थापन इतरपक्षका सभापतिका उम्मेदवारका आकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा।शेखर कोइराला र डा।शशांक कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु पनि सहभागी थिए ।

बुधबार बिहान पनि सो समुहका नेताहरु साझा उम्मेदवार तय गर्न छलफलमा जुटेपनि सहमति हुन सकेको थिएन ।

सम्बन्धित् समाचार